सैनिक कु भएयता मात्रै म्यान्मारमा ४३ भन्दा बढी बालबालिका मारिए

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र २०, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

माल्दिभ्समा गत फेब्रुअरीमा सैनिक कु भएयता मात्रै ४३ जनाभन्दा बढी बालबालिकाको मृत्यु भएको बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय निकाय सेभ द चिल्ड्रेनले जनाएको छ ।

बालबालिकाको अधिकार र सुरक्षाका दृष्टिले दक्षिण एसियाली मुलुक म्यान्मारको अवस्था निकै गम्भीर रहेको छ ।

सबैभन्दा कम उमेर ६ वर्षकी बालिकाको समेत सुरक्षाकर्मीको गोली लागेको मृत्यु भएको छ । स्थानीय अनुगमन समूहका अनुसार गत फेब्रुअरीयता मात्रै म्यान्मारमा ५ सय ३६ जनाको मृत्यु भइसकेको छ ।

म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई देशको सरकारी गोप्य ऐनको उल्लंघन गरेको आरोप लगाएर नजरबन्दमा राखिएको छ । सुकी सहित उहाँका ४ जना सहयोगीलाई पनि विभिन्न आरोप लगाएर नियन्त्रणमा लिइएको छ ।

म्यानमारका लागि संयुक्त राष्ट्रसंघीय प्रतिनिधिले प्रजातन्त्रका पक्षमा आन्दोलनरत नागरिक विरुद्ध तीव्र दमन भएरहेकाले स्थिति थप रक्तपातपूर्ण हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..