कुकुरदेखि असुरक्षित हुँदै वन्यजन्तु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १७, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

हेटौंडा : हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदान नजिकै एक गर्भवती चित्तलको आइतबार मृत्यु भयोे । मृत्युभएपछि वन विज्ञान अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीहरुले वन्यजन्तुको जीवनको रक्षाको माग गर्दै केहीबेर मुख्य सडक समेत अबरुद्ध पारे ।

कुकुरको टोकाईको कारण वन्यजन्तुहरु मृत्यु हुन थालेपछि सडक अवरुद्ध गर्नुपरेको विद्यार्थी सुजन खतिवडाले बताए । वन विज्ञान अध्ययन संस्थानको परिसरभित्र प्रवेश गर्ने गेट सधै खुल्ला हुुनु, पर्खालमा तारबार राम्रोसँग नहुनु, खुल्ला सिमानाका कारण भुस्याह कुकुहरु जंगलभित्र छिर्ने गरेका छन् ।

यसअघि चैत्र १२ गते भुस्याहा कुकुरले चित्तलको पाठालाई लखेटेर आक्रमण गरेको थियो । कुकुरले आक्रमण गरी घाइते बनाएको पाठालाई विद्यार्थीहरुले जोगाए पनि चित्तलको मृत्यु भयो । मृत्यु भएपछि डिभिजन वन कार्यालय हेटौंडालाई विद्यार्थीहरुले जानकारी गराएको विद्यार्थी खतिवडाले बताए ।

उनका अनुसार लकडाउनपछि कुकुरको टोकाईबाट क्याम्पस हाताको जंगलमा वन्यजन्तुको मृत्यु हुने क्रम बढेको छ । यसबारे जिल्ला प्रशासन कार्यालय मकवानपुर, डिभिजन वन कार्यालय हेटौंडा र वन विज्ञान अध्ययन संस्थानको क्याम्पस प्रमुखको समेत विद्यार्थीहरुले ध्यानाकर्षण गराईसकेका छन् । तर विद्यार्थीहरुले ध्यानाकर्षण गराउँदा पनि सबै निकायले नसुनेपछि सोमबार विद्यार्थीहरुले नै क्याम्पसको पर्खालमा लगाएको तारबार मर्मत गर्नुका साथै सरसफाई समेत गरेका थिए ।

वन–विज्ञान अध्ययन संस्थान हेटौंडाको जंगलमा भएका वन्यजन्तुहरु भुस्याहा कुकुरदेखि असुरक्षित बनेका छन् । चैत्र महिनाको आजसम्म पाँच वटा वन्यजन्तुको मृत्यु भएको छ । तीन वटा चित्तल र दुई वटा रतुवा मृगको मृत्यु भएको छ । दुई चित्तल र दुई रतुवा मृगको कुकुरको टोकाईबाट मृत्यु भएको डिभिजन वन कार्यालय हेटौंडाले जनाएको छ ।

डिभिजन वन कार्यालय हेटौंडाको सहायक वन अधिकृत अच्यूत लामिछानेका अनुसार चालु वर्षमा १२ वटा वन्यजन्तुको मृत्यु भएको छ । पाँच वटा भाले चित्तल, एक गर्भवती पोथी चित्तलसहित तीन वटा चित्तलका पाठा, तीन वटा रतुवा मृग र एक निरबिरालोको मृत्यु भएको हो । मृत्यु भएका १२ वन्यजन्तुमध्ये नौँ वटा कुकुरको टोकाईबाट हो । एक चित्तलको मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।

पछिल्लो तीन वर्षमा जिल्लामा ५१ वटा वन्यजन्तुको मृत्यु भएको छ ।  चित्तल, रतुवा मृग, निरबिरालो, हँुचिल, स्यालको मृत्यु भएको डिभिजन वन कार्यालय मकवानपुरको तथ्यांक छ । अधिकांश वन्यजन्तुहरुको भने कुकुरको टोकाईबाट मृत्यु भएको देखिन्छ ।

त्यसबाहेक वन्यजन्तुको पुरानै घाउहरुको कारण तथा सडकमा निस्कदा सवारीको ठक्करबाट पनि मृत्यु हुने गरेको पाइएको सहायक वन अधिकृत लामिछाने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..