भारतमा कोरोनाभाइरसको नयाँ ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १२, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

भारतमा कोरोनाभाइरसको नयाँ ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला परेको छ । भारमा संक्रमितबाट संकलन गरिएका नमूनामा नयाँ प्रकारको ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला परेको हो । यो नयाँ भेरियन्टमा दुईवटा म्युटेसन भएका भेरियन्ट एकै ठाउँमा आएका छन् ।भारतका १९ राज्यमा संकलन गरिएका १० हजार ७८७ नमूनामा ७७१ जनामा ७३६ जनामा बेलायत, ३४ जनामा दक्षिण अफ्रिका र एक जनामा ब्राजिलको भेरियन्ट पनि फेला परेको छ ।

स्वास्थ्य अधिकारीहरुले नयाँ​ भेरियन्ट थप संक्रामक बनेको वा यसमाथि खोपले कति असर गर्छ भन्नेबारे अध्ययन गरिरहेका छन् । अधिकारीहरुले यही भेरियन्टकै कारणले मात्र भारतमा संक्रमितको सङ्ख्या नबढेको बताएका छन् ।

बुधबार भारतमा एकै दिन ४७ हजार २६२ जना संक्रमित फेला परेका थिए भने २७५ जनाले ज्यान गुमाएका थिए । यो संख्या एक वर्ष यता कै उच्च हो ।

सरकारका अनुसार गत वर्षको डिसेम्बरको तुलनामा पश्चिम महाराष्ट्रमा संकलन गरिएका नमूनामा ई४८४क्यू र एल४५२आर म्युटेसनको सङ्ख्या बढी भएको पाइएको छ । यस्ता म्युटेसनले प्रायः मानिसको प्रतिराधात्मक क्षमतालाई छल्ने र संक्रामक बनाउने स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

भाइरोलोजिस्ट डा. शाहीद जमिलका अनुसार भारतमा ई४८४क्यू र एल४५२आर म्युटेसन मिलेर नयाँ भेरियन्टको विकास भइरहेको छ । यस्तो डबल म्युटेसन हुनु निकै डर लाग्दो अवस्था हो । तर, आश्चर्यजनक पनि होइन । किनभने भाइरसले जहिले पनि म्युटेट भएर आफ्नो स्वरुप परिवर्तन गरिरहेको हुन्छ । तर, के डबल म्युटेसनले भाइरसले काम गर्ने तरिकालाई परिवर्तन गर्छ ? यसले भाइरसलाई थप संक्रामक र खतरनाक बनाउँछ ? के अहिलेको खोपले यसविरुद्ध काम गर्छ ? भन्ने प्रश्नको उत्तर भने खोज्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..