अमेरिका विश्वकै सबैभन्दा ठूलो हतियार व्यवसायी, ३६ प्रतिशत कारोबारका लागि जिम्मेवार

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र ५, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

वासिङटन । विश्वव्यापी रुपमा हुने हतियार कारोबारको ३६ प्रतिशतका लागि अमेरिका जिम्मेवार रहेको स्टकहोममा आधारित रिसर्च इन्स्टिच्युटले जनाएको छ । यो भनेको पछिल्लो पाँच वर्षमा हतियारको व्यवसाय २० प्रतिशतले वृद्धि हुनु हो ।

यो तथ्यांकले अमेरिकालाई विश्वको दोस्रो ठूलो हतियार विक्रेता, रुस भन्दा धेरै माथि पुर्याएको छ । अमेरिका र रुसपछि चीन, फ्रान्स र जर्मनीबाट झन्डै १९ प्रतिशत हतियारको कारोबार हृुने गर्दछ । २००५–२००९ को तुलनामा अहिले हतियारहरुको कारोबार २० प्रतिशतले वृद्धि भइसकेको हुँदा दुनियाँ अहिले शीतयुद्धको अन्त्यतिरको अवस्थामा पुगेको हो ।

‘स्टकहोम इन्टरनेस्नल पिस रिसर्च इन्सटिच्युट’ (सीप्री) का वरिष्ठ खोजकर्ता पिटर विजिमनले भने, “कोभिड–१९ महामारीका कारण धेरै देशहरुमा हतियार भित्रिने दरमा आगामी केही वर्ष गिरावट आउन सक्छ । तर २०२० मै पनि कतिपय मुलुकहरुले मुख्य हतियार सम्बन्धी ठुल्ठुला सम्झौता गरेका छन् । ”

यसमा विशेषगरी अमेरिकाले मध्यपूर्वमा रहेका निरंकुश शाषनहरुलाई हतियार विक्री गरिरहेकाबारे सबैभन्दा धेरै चिन्ता व्यक्त गरिएको छ । किनकी त्यो क्षेत्रमा हातियराको निर्यात सबैभन्दा तिव्र रुपले बढेको छ ।

सीप्रीको रिपोर्ट अनुसार मानव अधिकार उल्लंघनका अनेकौँ अधियोग लागेको साउदी अरेबियालाई ७३ प्रतिशत हतियार अमेरिकाबाट प्राप्त हुने गरेको छ । त्यस्तै ट्रम्पको नीति अन्र्तगत चाहिँ साउदी सहित युएइ र जोडार्न सबैभन्दा बढी लाभान्वित भएका हुन् । ट्रम्पले मध्य पूर्वी राष्ट्रहरुलाई हतियारका लागि दिइने भनिएको आपत्कालीन ८१ अर्ब डलर रकम कंग्रेसलाई अवरोध गर्नबाट रोकेका थिए ।

यसरी हतियार कारोबारका लागि सबै देश अमेरिका र पश्चिमी राष्ट्रहरुमै निर्भर रहनु भविष्यमा बाइडेन प्रशासनका लागि लाभदायी हुन सक्ने बताइन्छ । तर केही समय अगाडि मात्र ह्वाइटहाउसले साउदी अरब र युएइसँगको हतियार सम्झौता स्थागित गराइ जनवरीमा भएको कारोबारबारे पनि छलफल गर्ने निर्णय लिएको यसअघि वाल स्ट्रिट जर्नलले रिपोर्ट गरेको थियो । त्यसको एक महिनापछि राष्ट्रपति जो बाइडेनले साउदीका राजा सलमानसँग कुरा गर्दै नियम पालन र मानव अधिकारको विषयलाई अमेरिकाले महत्वपूर्ण स्थानमा राख्ने सुनिश्चित गराएको ह्वाइटहाउसले त्यस समय जानकारी दिएको थियो ।    इन्डिपेन्डेन्ट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..