भारतमा २४ घण्टामा थपिए यो वर्षकै धेरै संक्रमित

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र ५, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ-  भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

६ महिनादेखि संक्रमण घट्दै गएको भारतमा फेरि संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा एकैदिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ को धेरै हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १४ लाख ७३ हजार ९५६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १७० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार २४९ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १० लाख ६० हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ५३ हजार ७४६ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..