प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकिकरण पछिको संयुक्त पार्टी नेकपाको जेट विमान पुष्प कमल दाहाल ‘प्रचण्ड’ र आफुले हाँकेपनि प्रचण्डले बिचैमा सिटबाट फालहाने काम गरेको बताएका छन् । आइतावार राति प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलालाई अन्तर्वार्ता दिदै प्रधामन्त्री ओलीले पार्टी एकीकरणपछि दुई पाइलटले नेकपाको जेट विमान हाँकिरहेको भए पनि ल्याण्ड गर्न नपाई प्रचण्ड सिटबाट फाल हानेको बताएका हुन ।
‘हाकिन्जेल हाँक्या हो। ल्याण्ड गर्न पाएको छैन ढोकाबाट जम्प गरेर, पाइलटको सिटबाट फाल हानेपछि के लाग्छ?,’ प्रचण्डप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले भने। तत्कालीन एमाले र माओवादी एकता पछि नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेपछि एउटै दलमा दुई अध्यक्ष भन्ने विषयलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा टेप्पो हो र एजनाले चलाउन हाँक्न नेकपा त जेट विभान हो जेट विमान हाँक्न दुई पाइलट चाहिने बताएका थिए ।

