काठमाडौं । विश्वभरमा कोरोना संक्रमितको संख्या १२ करोड नाघेको छ ।पछिल्लो २४ घण्टामा ४ लाख ३४ हजार ८०८ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या १२ करोड ३५ हजार ५९० पुगेको हो ।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ८ लाख ३ हजार ६८९ छ । यसमध्ये ८९ हजार २७१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ८५६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २६ लाख ५८ हजार ८८७ पुगेको छ ।
कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभाव पारेको छ । हालसम्म अमेरिकामा पाँच लाख ४६ हजार ५६७ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म विश्वभर ९ करोड ६५ लाख ७३ हजारभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ८ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् ।

