भारतबाट नेपालमा सजिलै पैसा पठाउन सकिने एप

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । अब भारतबाट मोबाइल एपमार्फत नै नेपालमा पैसा पठाउन सकिने भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले भारतको बैंकअनअससँगको सहकार्यमा रेमिट्यान्स सुविधाको रुपमा ‘पैसा पठाउने’ एप सार्वजनिक गरेको हो ।

यो एपमार्फत भारतमा रहेका नेपालीले मोबाइल फोनबाटै २४ घण्टाभित्र नेपालमा पैसा पठाउन सक्नेछन् । एपको प्रयोगमा छिटो, सुरक्षित र भरपर्दो रुपमा पैसाको कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यसबाट विदाका दिनमा समेत यो एपमार्फत नेपालमा पैसा पठाउन सम्भव हुने बताइएको छ । ‘पैसा पठाउने’ एपले यूपिआई, गुगल पे, फोनी पे, पेटीएम, ह्वाट्सएप जस्ता डिजिटल मोबाइल भुक्तानी प्लेटफर्मलाई पनि सपोर्ट गर्दछ ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार ‘पैसा पठाउने’ एपले भारतमा रहेका नेपालीलाई पैसा बचत गर्न समेत मद्दत गर्नेछ। यो एपमार्फत एक पटकमा ५० हजार भारतीय रुपैयाँसम्म पठाउन सकिन्छ । साथै यसबाट वर्षमा १२ पटक नेपाल पैसा पठाउन सकिने बैंकले उल्लेख गरेको छ ।

एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..