बुर्का वा निकाबसहितका अनुहार छोप्ने लुगामा प्रतिबन्ध लगाउने पक्षमा मत

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २४, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

स्वीट्जरल्याण्डमा सार्वजनिक स्थानमा बुर्का र निकाबसहितका अनुहार छोप्ने लुगा लगाउन नपाउने व्यवस्था पारित गरेको छ ।

मुस्लिम महिलाले लगाउने बुर्का वा निकाबसहितका अनुहार छोप्ने लुगा सार्वजनिक स्थान प्रतिबन्ध गर्ने पक्षमा सामान्य बहुमत आएको हो ।

स्वीट्जरल्याण्डमा आइतबार भएको जनमत संग्रहमा बुर्कासहितमा प्रतिबन्ध लगाउने पक्षमा ५१.२ र विपक्षमा ४८.८ प्रतिशत मत खसेको हो ।

दक्षिणपन्थी स्वीड पिपुल्स पार्टी (एसभिपी) ले बुर्का, निकाबसहितका अनुहार छोप्ने लुगामा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको थियो । सो पार्टीले अतिवादलाई यस्ता गतिविधिले बढावा दिने दाबी गर्दै आएको छ ।

स्वीट्जरल्याण्डको प्रमुख इस्लामिक समूहले मुसलमानहरुका लागि जनमतसंग्रह कालो दिनका रुपमा रहने बताएको छ ।

स्वीस सरकारले प्रतिबन्धको विरोध गर्दै आएको थियो । राज्यले महिलाले के लगाउनु हुन्छ वा हुँदैन भन्ने अधिकार राज्यसँग नरहेको स्वीस सरकारको थियो । तर जनमत संग्रहमा बुर्कामाथि प्रतिबन्ध लगाउने पक्षमा झिनो बहुमत प्राप्त भएको हो ।

जर्मनीको लुसेर्नी विश्वविद्यालयले गरेको अध्ययन अनुसार स्वीट्जरल्याण्डमा लगभग कसैले पनि बुर्का लगाउँदैनन् । यस्तै मात्रै ३० महिलाले निकाब लगाउने गर्छन् ।

स्वीट्जरल्याण्डको कुल जनसंख्याको झण्डै पाँच प्रतिशत मात्रै मुस्लिम छन् । उनीहरु अधिकांश टर्की, बोसनिया र कोसोभोबाट आएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..