ढुक्क भएर खोप लगाउन प्रधानमन्त्रीको आग्रह

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २३, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं- प्रधानमन्त्री के पी शर्मा ओलीले आज खोप लगाएर दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान शुभारम्भ गर्नुभएको छ ।
प्रधानमन्त्रीले खोप लगाउनु भएसँगै आम जनमानसमा खोपप्रतिको कुनै नकारात्मक भावना भए पनि त्यसको निराकरण हुने विश्वास गरिएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, पत्रकार, कर्मचारी, सांसद लगायतलाई खोप लगाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु भएको हो ।

प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा खोप लगाएर दोस्रो चरणको खोप अभियानको औपचारिक शुभारम्भ गर्नुभएको हो ।

त्यस अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले पनि कोभिड विरूद्धको खोप लगाउनुभयो ।

खोप लगाएपछि प्रधानप्रधानमन्त्री ओलीले आफूले कोरोना विरुद्धको खोप लगाएको लगाएको र कुनै पनि असर नदेखिएको बताउँदै ढुक्क भएर सबैलाई खोप लगाउन आग्रह गर्नुभयो । लामो अनुसन्धान र विभिन्न चरणमा परीक्षण भएकाले खोप प्रभावकारी र विश्वसनीय भएको पनि त्यस बखत बताउनु भयो ।

प्रधानमन्त्री ओलीले खोप लगाउनु भएपछि देशभरी नै कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान शुरु भएको हो । राजधानी काठमाडौं लगायत देशभरिका खोप केन्द्रमा खोप लगाउने कार्य शुरु भएको छ ।

सरकारले दोस्रो चरणको खोप अभियान अन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई देशैभरी खोप कार्य सञ्चालन गर्दैछ । यस अभियान अन्तर्गत करीब १६ लाख ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी खोप प्रदान गर्ने लक्ष्य सरकारको छ ।

यस अघि पहिलो चरणमा कोरोना नियन्त्रण र रोकथाममा अग्रभागमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, पत्रकार, कर्मचारी, सांसद, जेलमा रहेका कैदी लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई खोप लगाइएको थियो ।।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..