​सत्ता खेलमा अल्झिँदै सांसद्

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २३, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेकपाभित्रको विवाद छिनोफानो नहुँदै पुनःस्थापित प्रतिनिधिसभा अधिवेशन आइतबार सुरु हुँदै छ । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले हालै अधिवेशन आह्वान गरेकी हुन् । दिउँसो ४ बजे प्रतिनिधिसभाको सातौँ बैठक बस्ने तय भएको छ ।

झण्डै दुई तिहाइ जनमतसहित सरकारको नेतृत्व गरिरहेको नेकपाको कानुनी विभाजन नहुँदा सांसदका गतिविधि पनि प्रभावित बन्ने देखिएको छ । यो बेला संसदीय दलबाट दुवै पक्ष आफूसँग बहुमत रहेको देखाउन जोडबलसाथ लागिपरेका छन् ।

नेकपा प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी २२३ सांसद छन् । प्रतिनिधिसभामा सांसद सानु शिवाको निधनपछि  सभामुखलाई छाडेर १७२ र राष्ट्रियसभामा अध्यक्ष र उपाध्यक्षबाहेक ४८ गरी कुल २२० सांसद छन् ।

तर, अचम्म यो छ कि शुक्रबार दाहाल–नेपाल पक्ष र शनिबार ओली पक्ष दुवैले आफ्नो पक्षमा ११५ जना सांसद सहभागी भएको दाबी गरेका छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..