मलेसियामा कार्यरत तीन लाख नेपाली सामाजिक सुरक्षामा आवद्ध

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १९, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

मलेसिया सरकारले त्यहाँ कार्यरत ३ लाखभन्दा बढी नेपाली श्रमिकलाई आवद्ध गर्दै सामाजिक सुरक्षा योजना कार्यक्रम लागू गरेको छ ।
वैदेशिक रोजगार बोर्ड र मलेसियाको सामाजिक सुरक्षा संस्था (सोक्सो) बीच नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा आवद्धता गराउने समझदारी भएको हो । समझदारीपत्रमा बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र सोक्सोका प्रमुख कार्यकारी अधिकृत दातो मोहम्मद अजमान विनले हस्ताक्षर गरेका छन् ।

यही फागुन १४ गते नेपाली राजदूतावास क्वालालम्पुरको सक्रियतामा समझदारीपत्रको मस्यौदामा चरणबद्ध छलफल गरी नेपाली श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गर्ने टुंगो लागेको थियो । मस्यौदालाई नेपाल सरकार, मन्त्रिपरिषद्को माघ २६ गते बसेको बैठकले स्वीकृति प्रदान गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार सो समझदारीपत्रमा हस्ताक्षर गर्नको निम्ति वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक श्रेष्ठलाई अख्तियारी प्रदान भएको थियो ।

समझदारी भएको सामाजिक सुरक्षा संस्था मलेसियाको सामाजिक सुरक्षा ऐन, १९६९ अन्तर्गत गठन भएको हो । मलेसियाले सन् २०१९ को जनवरी १ देखि रोजगारदाताले विदेशी श्रमिक भर्ना गर्दा सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने प्रावधान बनाएको थियो । सोक्सोका अनुसार हालसम्म करिब ३ लाख नेपाली श्रमिक यसमा आवद्ध भइसकेका छन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार यो योजनामा आवद्ध भएका नेपालीका लागि रोजगारदाताले श्रमिकले पाउने मासिक तलबको १.२५ प्रतिशतले हुन आउने रकम मासिक रुपमा बुझाउनु पर्ने प्रावधान छ ।

तर १ जनवरी २०२० पछि भने सबै रोजगारदाताले अनिवार्य रुपमा सोक्सोमा आवद्ध गराउनुपर्ने व्यवस्था छ । यसअनुसार हालसम्म ४ लाखभन्दा बढी रोजगारदाता र ७० लाखभन्दा बढी स्वदेशी तथा विदेशी श्रमिक सोक्सोमा आवद्ध भइसकेका छन् । कारोबार दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..