नेपाल कम्युनिष्ट पार्टीका महासचीव नेत्र विक्रम चन्द बिप्लवले आपनो पार्टी सरकारसँग संवाद र वार्ताका निम्ति सकारात्मक रहेको
बताएकाछन् । उनले यही फागुन ८ गते एक प्रेस विज्ञप्ती जारी गर्दै जनसमुदायबीच सहज सहकार्य र कार्यक्रम हुने अवस्थामा सरकारसँग संवाद र वार्ताका लागि आपनो पार्टी सकारात्मक रहेको धारणा सार्वजनिक गरेका हुन । विज्ञप्तीमा आपनो पार्टी द्वारा संचालित एकीकृत जनक्रान्ति जनता, राष्ट्र र समाजको अग्रगामी रुपान्तरणका लागि रहेको उल्लेख गरेकाछन् । महासचीव बिप्लवको उक्त विज्ञप्तीले नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच वार्ताको संभावना बढेको देखिएकोछ ।
केही समयदेखि ने.क.पा.का प्रतिनिधि र सरकारका प्रतिनिधि बीच भएको अनौपचारिक सकारात्मक संवाद पछि औपचारिक वार्ताको
आधार बन्दै गरेको बुझिएकोछ । ने.क.पा.को तर्फबाट महासचीव बिप्लवको विज्ञप्तीले पनि त्यसै विषयलाई पुष्टि गरेको देखिन्छ ।
ने.क.पा.का एक केन्द्रीय सदस्यका अनुसार छिटै नै सरकारका तर्फबाट वार्ताका लागि औपचारिक प्रस्ताव गरिनेछ र दुवै तर्फका वार्ता टोली घोषणा हुनेछ त्यसपछि दुवै पक्षका प्रस्तावहरु बारे छलफल शुरु हुनेछ ।
‘यो वार्ता देशको राजनीतिक, आर्थिक र साँस्कृतिक क्षेत्रमा अग्रगामी रुपान्तरण लागि उपलब्धी मुलक हुनेछ’ उनले भने । २०७५ साल फागुन २८ गते सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यस लगत्तै पहरी पशासनले ने.क.पा.का नेता कार्यकर्ताहरुलाई नियन्त्रणमा लिने कार्यलाई तीबता दिएको थियो ।
अहिले पनि ने.क.पा.का केन्द्रीय नेताहरु हेमन्तप्रकाश ओली, धर्मेन्द बास्तोला, चन्द्र बहादुर चन्द, ओम पुन, माइला लामा, चुडामणी ओली, भरत बम लगायत सयांै नेता कार्यकर्ताहरु अहिले पनि विभिन्न मुद्दामा जेल र हिरासतमा रहेकाछन । नेकपाले आपनो पार्टी माथिको प्रतिबन्द हटाउन, जेल हिरासतमा रहेका आपना सम्पूर्ण नेता कार्यकर्ताहरुको रिहाई र सबै मुद्दाहरु खारेज गर्नु पर्ने विषय उठाउँदै आएकोछ । वार्ताको सन्दर्भमा पनि यी विषयलाई प्रमुख रुपमा उठाएको बताइन्छ । विभिन्न राजनीतिक दल, मानवाधिकारकर्मी नागरिक अगुवा, बौद्धिक वर्ग र जनसमुदायले ने .क.पा.माथिको प्रतिबन्ध हटाई वार्ताबाट समस्या समाधान गर्न दबाब दिदै आएका थिए ।
ने.क.पा.को विषय राजनीतिक विषय भएकाले बल प्रयोगबाट नभई राजनीतिक रुपले नै समस्याको समाधान गर्न सुरक्षा निकायबाट समेत सुझाव दिने गरिएको बुझिन्छ । वार्ता हुने चर्चा बाहिरिएसँगै प्रायः सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया देखिएको
छ । केहीले वार्ताको प्रसंगलाई सार्थक निष्कर्षमा परिणत गर्न दुवै पक्ष जिम्मेवार भएर पेश हुनु पर्ने बताउँछन ।

