अमेरिकाको औषधि नियामक संस्था एफडीएले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति दिएको छ।
जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भ्याक्सिनलाई स्वीकृति दिने अमेरिका विश्वकै पहिलो देश बनेको छ।
अमेरिकामा फाइजर र मोर्डनको खोपपछि तेस्रो भ्याक्सिनको रुपमा जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको भ्याक्सिनले स्वीकृति पाएको हो। यो खोप एकपटक मात्रै लगाए हुने र जुनसुकै रेफ्रिजेरेटरमा भण्डारण गरेर राख्न सकिनेछ।
फाइजर र मोर्डनको भ्याक्सिनलाई भने डिफ्रिजको आवश्यकता पर्छ। अरु खोपभन्दा जोन्सन एण्ड जोन्सनको कोरोना भ्याक्सिन सस्तो रहेको भनिएको छ तर अहिलेसम्म कोरोना खोपको मूल्यबारे भने जानकारी गराइएको छैन।

