सैन्य सरकारको विरोधपछि राष्ट्रसंघका लागि म्यानमारका राजदूत हटाइए

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १६, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । म्यानमारको सेनाले संयुक्त राष्ट्रसंघका लागि म्यानमारका राजदूत क्याव मो टुनलाई हटाएको छ । आफ्नो मुलुकको सेनालाई सत्ताबाट हटाउन विश्व समुदायसंग सहयोगको आग्रह गरेपछि उनी बर्खास्तगीमा परेका हुन् ।

राजदुत क्याव मोले निर्वाचित सरकारलाई सत्ता फिर्ता नगरेसम्म सैन्य शासकसंग कसैले पनि सहकार्य नगर्न आग्रह गरेका थिए । राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले प्रदर्शनकारीमाथिको दमन अन्त्य गर्न, निर्दोष जनतामाथिको अत्याचार रोक्न र प्रजातन्त्र पूनर्वहाली गर्न अन्तराष्ट्रिय समुदायको सहकार्य जरुरी रहेको बताएका थिए ।

राजदूत क्याव मोको सम्बोधनले सम्मेलनमा प्रशंसा पाएको थियो भने म्यानमारका लागि अमेरिकी राजदुत लिन्डा थोमस ग्रीनफिल्डले क्याव मोको सम्बोधनलाई साहसको संज्ञा दिएका थिए । यता फेब्रअरी १ मा सत्ता हत्याएको म्यानमारको सेनाले प्रदर्शनकारीमाथि दमन जारी राखेको छ ।

हिजो मात्र हनोईमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागि एक जना महिला घाईते भएकी छन् । सेनाको चेतावनीका बाबजुद हजारौं जनता प्रदर्शनमा उत्रिएर निर्वाचित सरकारको पूनर्वहाली र पक्राउ परेकी नेतृ आङ साङ सूचीलगायतका नेताहरुको रिहाइको माग गरेका छन् ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..