अब आईपीओको नतिजा हेर्न नयाँ वेबसाइट

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १६, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

प्राथमिक शेयर अर्थात् आईपी‍‍‍‍ओको नतिजा हेर्नका लागि नयाँ वेबसाइट सञ्चालनमा आएको छ । मेरो शेयरको वेबसाइट र मोबाइल एपले मात्रै नधान्ने भएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आईपीओको नतिजा हेर्नकै लागि मात्र नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो ।

यसअघि आईपीओको नतिजा अनलाईन सञ्चारमाध्यमले समेत प्रकाशित गर्दै आएका थिए । लगानीकर्ताको संवेदनशील सुचना नीजि सञ्चारमाध्यमलाई दिन नमिल्ने व्यवस्था लागू गर्न माग बढेपछि मेरो शेयर, आईपीओ जारी गर्ने कम्पनी र बिक्री प्रबन्धकले मात्र नतिजा सार्वजनिक गर्न पाउने व्यवस्था गरिएको थियो ।

तर मेरो शेयरबाट एकैपटक धेरैजनाले नतिजा हेर्दा साइट डाउन हुने र अरु सेवा पनि प्रभावित भएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट ल्याएको हो । अब iporesult.cdsc.com.np मा आईपीओको नतिजा हेर्न सकिन्छ ।

ईपीओको नतिजा मात्रै राखिने यो पोर्टल छिटो छरितो र धेरै लगानीकर्ताले एकैसाथ प्रयोग गर्न मिल्ने गरि बनाइएको लिमिटेडको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..