कोरोना संक्रमण जोखिम कायमै

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १५, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ प्रतिशत नाघेको छ । यो तथ्यले कोरोना संक्रमणको जोखिम कायमै रहेको देखाएको छ । मास्कको समुचित प्रयोग नगरिनु र भौतिक दूरीमा बेवास्ता गर्ने प्रवृत्ति बढेकाले जोखिम बढ्न थालेको चिकित्सकले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमित २ लाख ७३ हजार ९ सय ८४ जनामध्ये २ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ । यसरी हेर्दा कुल संक्रमितमध्ये १.०१ प्रतिशतको मृत्यु भएको देखिन्छ ।

शुक्रवार देशभर १ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर सक्रिय संक्रमितको संख्या ९ सय ३६ जना रहेको छ । शुक्रबार ३ हजार ९ सय ४४ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या २१ लाख ५७ हजार ५ सय ८० पुगेको छ ।

शुक्रबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामै प्राप्त भएको मृत्यु संख्या भन्दै मन्त्रालयले थप चार जना समावेश गरेको छ । हाल देशभर ७१ जना क्वारेन्टाइनमा रहेका छन् ।

गत २४ घण्टामा ५४ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार २ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म कुल संक्रमितमध्ये ९८ दशमलव ६५ प्रतिशत संक्रमणमुक्त भएका छन् । पछिल्लो एक सातालाई आधार मान्दा केही दिनयता दैनिक संक्रमण हुने दर १ सयको हाराहारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..