हलिउड अभिनेत्री केलीको निधन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ३१, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

एजेन्सी । हलिउड अभिनेत्री केली प्रिस्टनको निधन भएको छ । उनको ५७ वर्षको उमेरमा निधन भएको हो । हलिउड स्टार जोन ट्रेवोल्टाकी श्रीमती समेत रहेकी केली दुई वर्षदेखि ब्रेष्ट क्यान्सरसँग लडिरहेकी थिइन् । उनका श्रीमान् जोनले सामाजिक सञ्जालमार्फत केलीको निधनको खबर सार्वजनिक गर्दै निकै इमोसनल पोस्ट गरेका छन् ।

‘मेरी राम्री श्रीमती केली दुई वर्षदेखि ब्रेस्ट क्यान्सरसँग लड्दै थिइन् । अन्ततः उनले यो लडाईंमा हारेकी छिन्’ उनले लेखेका छन् ‘कयौं मानिसको प्रेम र सपोर्टका कारण उनले यो लडाईं निकै बहादुरीका साथ लडिन् ।’ जोनले उपचार गरिरहेका डाक्टर तथा हेल्थ केयरलाई पनि धन्यवाद व्यक्त दिएका छन् ।

‘केलीको प्रेम र उनको लाइफको सम्झना सधैं हुनेछ’ उनले अगाडि लेखेका छन् ‘म आफ्नो बच्चालाई केही समय दिन चाहन्छु, जसले आफ्नी आमा गुमाएका छन् ।’
केलीले ‘जेरी म्याग्योर’, ‘स्पेश क्याम्प’, ‘ट्विन्स’, ‘ज्याक फ्रोस्ट’, ‘फोर लभ अफ द गेम’ लगायत फिल्म अभिनय गरेकी छन् । उनी पछिल्लो समय  २०१८ मा हलिउड ग्याङ्गस्टार ड्रामा ‘गोट्टी’मा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..