गौतमको सक्रियता तीव्र, बिहानै प्रचण्डलाई भेट्न पुगे खुमलटारमा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १३, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम प्रतिनिधिसभा पुनर्स्थापनापछि सक्रियता बढाएका छन् । उनी बिहीबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगे ।

उनले त्यहाँ अध्यक्ष प्रचण्डसँग करिब एक घण्टा छलफल गरेको बताइएको छ । पार्टी एकता अभियान सञ्चालन गरिरहेका उनले प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनपछि पनि नेकपाकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने लगायतका विषयमा कुराकानी गरेका थिए ।

गौतम प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि दुई खेमामा विभाजित नेकपाको कुनै पनि पक्षमा उभिएका छैनन् ।

तर सर्वोच्चको फैसलापछि भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..