प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सांसदहरूलाई उपत्यकाबाहिर नजान निर्देशन दिएका छन् ।
बुधवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा प्रचण्ड र नेपाल दुवैले अत्यावश्यकबाहेक सांसदहरूलाई बाहिर नजान निर्देशन दिएका हुन् ।
‘जतिबेला जे पनि हुन सक्छ, उपत्यकामा रहेका सांसदहरू इमर्जेन्सीबाहेक बाहिर नजानुहोला,’ अध्यक्षद्वयको भनाइलाई उदृत गर्दै सांसद रामकुमारी झाँक्रीले भनिन्, ‘१३ दिनभित्र सरकारले संसद बोलाउने कुरा छ । त्यही भएर होला ।’
आज बसेको बैठकमा ८० जना जति सांसद भेला भएको झाँक्रीले बताइन् । ‘कतिपय साथीहरू पूर्वनिर्धारित कार्यक्रमका लागि जिल्लातिर जानुभएको थियो,’ झाँक्रीले भनिन्, ‘त्यही भएर उपस्थित हुन सक्नुभएन ।’नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको कुराकानीका सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा झाँक्रीले भनिन्, ‘अध्यक्ष माधवकुमार नेपालले देउवासँग कुनै राजनीतिक सहमति नभएको बताउनुभएको छ ।’

