म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै: प्रिमियर लिग

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १०, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै रहेको छ। आइतबार राति भएको खेलमा सिटीले आर्सनलमाथि १-० गोल अन्तरको जित निकालेको हो। आर्सनलको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे।

इमिरेट्स स्टेडियममा खेलको दोस्रो मिनेटमै स्ट्रर्लिङले निर्णायक गोल गरेका थिए। यस जितसँगै सिटीले सबै खाले प्रतियोगिता गरी लगातार ११ अवे खेलमा जित निकालेको छ। सिटीले सन् २०१७ मा आफैले बनाएको लगातार ११ अवे जितको कीर्तिमानमा बराबरी समेत गरेको छ।​

आर्सनलविरुद्धको जितसँगै सिटीले लिगमा १० अंकको अग्रता बनाएको छ। सिटीले २५ खेलमा ५९ अंक जोडेको छ। आर्सनल भने लिगको दशौँ स्थानमा रहेको छ।
आर्सनलले २५ खेलमा ३४ अंक जोडेको छ।

यस्तै गएराति नै भएको खेलमा म्यान्चेष्टर युनाईटेडले न्यूक्यासललाई ३-१ले हराउँदै दोस्रो स्थानमा छ। उसको २५ खेलबाट ४९ अंक छ।  अर्को खेलमा लेष्टर सिटीले एस्टन भिल्लालाई २-१ गोल अन्तरले हराएको छ।  जितसँगै लेष्टर लिगको तेस्रो स्थानमा छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..