काठमाडौंसहित देशका अधिकांश ठाउँको मौसम सफा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ९, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा घाम लागेको छ । पूर्वी तराईका एकदुई ठाउँमा अहिले कुहिरो लागे पनि बिस्तारै कुहिरो हटेर घाम लाग्ने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणाली छैन । पश्चिमी वायुको प्रभाव नरहेकाले देशभरको मौसम सफा रहेको मौसमविदले बताएका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन ९ गते (आइतवार) – आज दिउँसो  प्रदेश १ को  पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । राती प्रदेश १ को  पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

फाल्गुन १० गते (सोमवार)- सोमवार दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चीम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । सोमवार राती प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

फाल्गुन ११ गते (मंगलवार)- मंगलवार दिउँसो देशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही  बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडि भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने रातको समयमा देशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडि भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..