राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेताहरुले गणतन्त्रलाई गाइजात्र बनाएको टिप्पणी गरेका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने धम्क्याउने, कार्यहरूले गणतन्त्रलाई गाईजात्रा बनाएको बताएका हुन् । उनले आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधनमन्त्रीको चेतावनी, राष्ट्रपती र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा राष्ट्रपति,प्रम र प्रधानन्यायाधीश विरुद्ध मुद्दा हाल्ने जस्ता घटनाक्रमले गणतन्त्रलाई गाइजात्रा बनाएको बताएका छन् ।
उनले भनेका छन् –
-आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रमको चेतावनी
-राष्ट्रपती र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध
-सभामुखद्वारा राष्ट्रपति,प्रम र प्रधानन्यायाधीश विरुद्ध मुद्दा हाल्ने
-सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने धम्क्याउने, कार्यहरूले गणतन्त्रलाई गाईजात्रा बनाए

