ज्येष्ठ नागरिकका लागि भारतबाट १० लाख डोज कोरोना खोप आज आइपुग्ने

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ९, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

कोरोना भाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोपको १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ। सेरम इन्स्टिट्युट अफ इन्डियाबाट उत्पादिन १० लाख डोज खोप कोभिसिल्ड खोप नेपाल ल्याउन लागिएको हो ।

खोप आज दिउँसो १:३० को एयर इन्डिया विमानमार्फत काठमाडौं ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकुस्थित ‘कोल्डरुम’मा भण्डारण गरिनेछ ।

उक्त खोप यही फागुन २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लगाइनेछ । मन्त्रालयका अनुसार खोप अभियानको लागि उक्त खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशभरिका खोप केन्द्रहरुमा वितरण गरिने छ ।

नेपाल सरकारले कोभिसिल्ड खोपको २० लाख डोज खरिदको लागि गरेको सम्झौताअनुसार १० लाख डोज खोप नेपाल ल्याउन लागिएको हो । यसअघि नेपालले यही खोप भारत सरकारबाट अनुदानस्वरूप पाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..