उपचारका लागि भारत जाँदै डा. बाबुराम भट्टराई

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ९, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टींका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि भारत जाने भएका छन् ।

केही दिनयता बिरामी रहेका भट्टराई नेपाल वायुसेवा निगमको जहाजबाट भारतको दिल्ली जान लागेका हुन् ।

भट्टराईलाई पेटमा समस्या देखिएको छ । बिरामी भएपछि उनी काठमाडौंको निदान अस्पतालमा उपचारका लागि पुगेका थिए । उपचाररत डाक्टरले न्युरो इन्डाक्राइनको ट्युमर भएको हुनसक्ने आंशका गरेका छन् ।

दिल्लीमा उनको उपचार इन्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस अस्पतालमा गरिने जनाइएको छ । उनीसँग पत्नी हिसिला यमी र प्रेस संयोजक विश्वदीप पाण्डे पनि जाने भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..