‘केपी ओलीको सेटिङको अर्को श्रृङ्खला’ : प्रचण्ड

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ८, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परियारलाई हटाइनु सरकारले गरिरहेको सेटिङको अर्को शृंखला भएको बताएका छन् । पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक चलिरहेका बेला उक्त खबर थाहा पाएपछि दाहालले प्रतिगमन र सेटिङको सिलसिला जारी रहेको भन्दै थप सशक्त प्रतिरोध गर्नुपर्ने बताएका थिए ।

तर सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मधेस बाहुल्य रहेको प्रदेश २ मा मधेसकै समुदायबाट प्रमुख राख्दा उपयुक्त हुने भएकाले तिलक परियारलाई हटाएर राजेश झालाई नियुक्त गर्ने निर्णय गरिएको बताए ।

गत पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेसँगै व्यवहारतः विभाजित नेकपाको समस्या प्रदेशमा पनि छ । दाहाल–नेपाल नेतृत्वका प्रदेश सांसदले प्रदेश १ र वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरे पनि सत्ताकै अवरोधका कारण प्रदेशसभाहरू चल्न सकेका छैनन् । प्रदेश २ मा भने पहिलेदेखि नै ओली र नेपाल समूहका सांसदबीच चर्को मतभेद थियो । तर प्रदेश प्रमुख परियारले कसैको पक्ष वा विपक्षमा बोल्ने र लबिइङ गर्ने गरेका थिएनन् ।

नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले परियारलाई बिनाकारण पदमुक्त गरेर सरकारले पूर्वाग्रहपूर्ण व्यवहार गरेको बताए । कान्तिपुरमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..