ओलीले जनमतलाई लत्याएको गेसो संस्थापक सभापति गुरुङको आरोप

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ६, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

गोर्खा भुतपूर्व सैनिक संघ (गेसो)को संस्थापक सभापति पदमबहादुर गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमको विरोध गर्दै अबिलम्ब संसद पुनःस्थापनाको माग गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै गुरुङले प्रम ओलीको कदमलाई राष्ट्रघाती र असंवैधानिक भन्दै सम्पूर्ण भुतपूर्व गोर्खा सैनिकहरु संविधानप्रदत्त न्यायको माग गरेको उल्लेख गरेका छन् ।

नेपाली जनताले नेकपालाई ५ वर्ष शासन गर्न मत दिएको तर ओली सरकारले जनमतलाई लत्याउँदै शक्ति राष्ट्रलाई रिझाउने काम गरेको संस्थापक सभापति गुरुङले आरोप लगाएका छन् ।
‘सार्वभौमसत्ता सम्पन्न राष्ट्रको संसद विघटन गरेर प्रम ओलीले गणतन्त्रको धज्जी उडाउदै हजारौँ सहिदहरुको बलिदानलाई अपमान गर्दै राष्ट्र र जनतालाई भड्खालोमा हालेका छन्’, संस्थापक सभापति गुरुङको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..