केरुङ नाकामा आयात–निर्यात सहज तुल्याउन माग

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ५, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाली काँग्रेसले केरुङ नाकामा आयात–निर्यात सहज तुल्याउन तत्कालै पहलका लागि सरकारसमक्ष माग गरेको छ।  काँग्रेसले आइतबार विज्ञप्तिमार्फत कोरोना कारण बन्द गरिए पनि अहिलेको अवस्था सहज भइसकेकाले तत्काल व्यापारिक नाका केरुङ खोल्नका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको हो।

काँग्रेसले विज्ञप्तिमार्फत चिनको वुहानबाट कोरोना भाइरसको सङ†क्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकामा प्रवेशमा कडाइ र आवागमन बन्दसमेत गरिनु तत्कालको परिस्थितिको बाध्यता भए पनि अब खुलाउने पहल गर्न सरकारसँग माग गरेको छ।  तुलनात्मक रूपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा नागरिक र व्यवसायीले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको विज्ञप्तिमा उल्लेख छ। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..