धोनीको बायोपिकमा सुशान्तसँग काम गरेका सन्दीपले गरे आत्महत्या, बाँच्‍ने इच्छा नभएको सुसाइट नोट

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ४, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

 केही समयअघि आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपुतका साथी सन्दीप नाहरले पनि आत्महत्या गरेका छन् । बीबीसी हिन्दीका अनुसार मुम्बई गोरेगाउँ घरभन्दा केही पर उनले आत्महत्या गरेका हुन् ।

यद्यपी आत्महत्याबारेमा थप अनुसन्धान भइरहेको मुम्बई प्रहरीले जनाएको छ । महेन्द्रसिंह धोनीको बायोपिकमा सुशान्त र सन्दीपले एकसाथ काम गरेका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा सुसाइट नोट पोस्ट गरेर उनले आत्महत्या गरेको बिबिसीले हिन्दीले जनाएको छ । फेसबुकमा अब बाँच्‍ने इच्छा नभएको भन्दै सुसाइट नोट पोस्ट गरेको केही समयमै उनी पारिवारिक तनावमा रहेको वास्तविकता पनि खोलेका थिए । पारिवारिक तनावका कारण उनले आत्महत्या गरेको अनुमान गरिएको छ ।

सुशान्तसिंह राजपुतले पनि घरमै आत्महत्या गरेका थिए । उनले आत्महत्या गरेपछि अनुसन्धानका क्रममा लागुऔषध मुद्दामा बलिउडका अन्य कलाकार पनि मुछिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..