काठमाडौंमा मेट्रो रेल निर्माण गर्न रसिया इच्छुक

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ४, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं उपत्यकामा निर्माण गर्ने भनिएको मेट्रो रेल निर्माण गर्न रसियाले इच्छा देखाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङसँगको भेटमा नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभले नेपालको रेलवे विस्तारमा रसियाले लगानी गर्न इच्छुक रहेको बताएका हुन् । सोमबार भएको भेटवार्तामा रसियन रेलवेको तर्फबाट मन्त्रालयसमक्ष आशयपत्रसमेत बुझाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा मन्त्री नेम्वाङले काठमाडाैंको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको, तर प्रविधि र दक्ष जनशक्तिका साथै लगानीको समेत अभाव रहेको उल्लेख गरे । अहिले मेट्रो रेलको रेखांकन, पूर्वसम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयारी भइसकेको छ । सो दस्तावेज रसियन पक्षलाई उपलब्ध गराउन तयार रहेकोसमेत मन्त्रीले बताए । मन्त्रीले रसियन पक्षबाट विस्तृत प्राविधिक र आर्थिक प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्न तयार रहेको उल्लेख गरे ।

रसिया र अन्य विश्वका विभिन्न मुलुकमा रेलसम्बन्धी रसियन टेक्नोलोजी उत्कृष्ट रहेको उल्लेख गर्दै नेपालका लागिसमेत कोसेढुंगा हुने रसियन प्रतिनिधिमण्डलसमक्ष उल्लेख गरेका थिए । पहाडी इलाकामा रसियन रेलवे टेक्नोलोजी जापानले अपनाएको र नेपाललाई समेत प्रविधि हस्तान्तरण गर्न तयार रहेको प्रतिनिधिमण्डलले जानकारी दियो ।

सोभियत युनियन विघटनपछि पछिल्लो समयमा दुई देशबीचमा समन्वयमा कुनै काम नभए पनि सम्बन्ध सुमधुर रहेको बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ताका लागि सिंहदरबार पुगेका थिए ।

भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल हुनुका साथै रुसी सहयोगमा निर्माण भएका विगतका परियोजनाहरू कान्ति अस्पताल, पनौती हाइड्रोइलेक्ट्रिक स्टेसन, पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर चुरोट कारखाना, कृषि औजार कारखाना, वीरगन्ज सुगर मिल र रोजिन एन्ड टर्पाइन प्लान्टबारे समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..