नेपालमा नयाँ प्रजातिको कोरोनाको आंशका !

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ३, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । नेपालमा कोरोना भाइरसको प्रजाति पहिचानका लागि ‘जिन सिक्वेन्सिङ’ गर्ने तयारी थालिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलकाअनुसार नेपालमै जिन सिक्वेन्सिङ गर्ने तयारी थालिएको हो । विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा हुनेगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा जिन सिक्वेन्सिङ गरिनेछ ।

महाशाखाका निर्देशक डा. पौडेलले भने, ‘कुनै ठाउँमा कोरोना भाइरस संक्रमण फैलियो, कोही ठाउँमा गम्भीर बिरामी बढे अथवा मृत्युदर बढ्दै गयो भने जिन सिक्वेन्सिङ गर्न सकिन्छ ।’ उनले जिन सिक्वेन्सिङका लागि प्रोटोकल तयार रहेको भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै जिन सिक्वेन्सिङ गराउने प्रयास जारी रहेको बताए । जिन सिक्वेन्सिङका लागि सरकारी प्रयोगशालालाई पहिलो प्राथमिकतामा राखिने राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा उल्लेख छ ।

यसैबीच, कोरोना भाइरस संक्रमितको संख्या घटिरहेको बेला नेपालमा पुनः नयाँ प्रजातिको कोरोना संक्रमण देखिन सक्ने भन्दै सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । कोरोना कहर नसकिएको भन्दै हेलचेक्र्याइँ नगर्न आग्रह गरेको हो । बेलायतबाट फर्किएका तीन जनामा नयाँ भेरियन्ट (प्रजातिको कोरोना भाइरस देखिएपछि अन्य व्यक्तिमा पनि सो भेरियन्ट हुनसक्ने आंशका गरिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नयाँ प्रजाति देखिएका तीन जनाको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा अन्य व्यक्तिमा ‘एस जिन’ नेगेटिभ आएपछि उनीहरूमा पनि नयाँ भेरियन्ट कोरोना भाइरस भएको आंशका गरिएको हो ।

बेलायतबाट आएका तीन जनामा कोरोना भाइरस पुष्टि भएपछि त्यो नयाँ भेरियन्टको भाइरस हो वा होइन भन्ने निक्र्यौल गर्न नमुना हङकङ पठाइएको थियो । कोरोना भाइरसको हकमा यूके भेरियन्ट, ब्राजिल भेरियन्ट, जापान भेरियन्ट, सिंगापुर भेरियन्ट र साउथ अफ्रिका भेरियन्ट पुष्टि भएका छन् ।

देशभर आइतबार १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार १ हजार ६ सय ४ जना सक्रिय संक्रमित रहेका छन् ।

आइतबार देशभर ३ हजार ५ सय १ जनाको पीसीआर परीक्षण गरीएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या २१ लाख १७ हजार ५० पुगेको छ । गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

हाल देशभर ७९ जना क्वारेन्टाइनमा रहेका छन् । आइतबार १ सय ३१ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको छ । यस्तै, देशभर हाल ७६ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..