ओली सरकारको दम्भ, द्वन्द्व र भ्रष्टाचार: विश्‍वप्रकाश

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन ३, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ : केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको तीन वर्ष पुगेको छ । तीन वर्ष पुगेकोमा नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले दम्भ, द्वन्द्व र भ्रष्टाचारको उपहार ओली सरकारले उपहार दिएको बताएका छन् ।

उनले सामाजिक सञ्‍जालमा लेखेका छन् ‘नेकपाले देशलाई ३ वर्षमा दिएको ३ उपहार ! दम्भ, द्वन्द्व र भ्रष्टाचार !’ त्‍यस्तै प्रवक्ता शर्माले शब्दलाई दु:ख दिएर शब्दकोषको फजुल खर्च नगर्ने उल्‍लेख गरेका छन् । ‘आज फागुन ३ मा ३ बर्ष पुगेको सरकारको सार समिक्षा यतिनै ! शब्दलाई दु:ख दिएर शब्दकोषको फजुल खर्च गरिएन !’

त्यस्तै उनले गायिका अञ्‍जु पन्तले गाएको गीत पनि सम्‍झिँए ‘न बिर्सें तिमिलाई न पाएं तिमिलाई, बिना अर्थ दिलमा सजाएँ तिमिलाई ! तीन नर्ष अघि दिएको मत सम्झँदै जनताको एकालापमा आज सायद यहि गीत छ ! रंगिन सपनाहरुको हवाई उडान पाइलट  @PM_Nepal कै कारण चुंडिएको चंगा जो भएको छ !’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..