ह्वाइटहाउसबाट बाहिरिसकेपछि यसरी दिन बिताउँदैछिन् ट्रम्प पत्नी मेलानिया

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

सीएनएन । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प महाअभियोगसम्बन्धी मुद्दामा व्यस्त रहँदा पत्नी मेलानियाचाहिँ आफ्नो अधिकतम समय राजनीतिबाट मुक्त भई आराम गरेर बिताइरहेकी छन् ।

ट्रम्पविरुद्ध जारी ‘ट्रायल’बारे जानकारी राखिरहेको भए पनि अमेरिकी पूर्वप्रथम महिला मेलानियाले यसप्रति एकदम कमस्तरको चासो देखाइरहेको सीएनएनलाई एक परिचित स्रोतले जानकारी दिएको छ । ट्रम्पभन्दा विपरीत उनले ह्वाइटहाउसलाई पूर्ण रूपमा पछाडि छाडिसकेकी छन् ।

पदमुक्त भएपछिको ट्रम्पको जीवनबारे सीएनएनसँग कुरा गरेका विभिन्न स्रोतहरुले बताएअनुसार मेलानियाको दैनिकी स्पाबाट भित्र–बाहिर गर्दागर्दै बित्ने गरेको छ । एक निकट व्यक्तिले भने, “उनी स्पा जान्छिन्, त्यसपछि खाजा खान्छिन् अनि फेरि स्पा जान्छिन् र बेलुकी ट्रम्पसँग डिनर गर्छिन् ।”  फ्लोरिडास्थित पाम बिचमा रहेको आफ्नो घरमा उनी एकै किसिमका गतिविधिले दिन बताइरहेकी छन् ।

यसरी केही समयअगाडिसम्म अमेरिकाकी प्रथम महिला भए पनि ह्वाइटहाउसबाट बाहिरिसकेपछि उनको जीवनमा कुनै उल्लेख्य परिवर्तन आएको छैन । उनी अहिले प्रथम महिला हुनुभन्दा अगाडिकै जीवनशैली अपनाइरहेकी छन् । यसबारे उनले व्यक्तिगत प्रतिक्रिया दिनचाहिँ अस्वीकार गरिन् ।

ह्वाइटहाउस छाड्दै गर्दा मेलानियाको लोकप्रियता आधुनिक प्रथम महिलाहरुमा सबैभन्दा कम रहेको सर्वेक्षणले देखाएको थियो । जो कुनै समय ट्रम्प परिवारमा सबैभन्दा मन पराइएकी सदस्य थिइन् । विशेषगरी संसद् भवनमा भएको हिंसाबारे चुपचाप रहनुले पनि मेलानियाको छविमा प्रभाव पारेको बताइन्छ । घटनाको केही समयपछि मेलानियाका दुईजना स्टाफले त्यसको विरोध गर्दै पदबाट राजीनामा दिएका थिए । यसरी विभिन्न कारणवश ह्वाइटहाउसबाट उनी निराशाजनक स्थितिमा बाहिरिनुपर्‍यो ।

अर्कोतर्फ, पदभार ग्रहण गरेको एक हप्तामै उनकी उत्तराधिकारी जिल बाइडेनको लोकप्रियता भने आकाशिन पुग्इो । उनले र राष्ट्रपति जोए बाइडेनले थुप्रै ठूला म्यागजिनका लागि अन्र्तवार्ता दिई कभर पेजमा आएका थिए । प्रथम महिला भएदेखि जिल बाइडेनले कम्तीमा पनि सातवटा समारोहमा सहभागी भई सेनाका परिवार, क्यान्सरको रोकथाम, स्वास्थ्य सेवा, सामुदायिक कलेजको पढाइ र शिक्षकहरुको समर्थनजस्ता विषयमा वाचन गरिसकेकी छन् ।

तर, वासिङ्टन छाड्नुअघि मेलानिया भने तीन हप्तासम्म कतै देखा परेकी थिइनन् र पछिल्लो ६ हप्ता कुनै समारोहमा एक्लै सहभागी भइनन् । यससम्बन्धी उनको स्टाफले स्पष्टीकरण दिँदै उनी आमा र पत्नीको भूमिकामा बढी केन्द्रित रहेको बताएका थिए । चार वर्षको कार्यावधिभरि मेलानियाले कहिल्यै पनि राष्ट्रिय प्रकाशकलाई अन्तर्वार्ता दिइनन् । म्यागजिनको कभरमा उनले स्थान नपाएको कुराले मेलानियाभन्दा ट्रम्प धेरै रिसाएको पनि बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..