काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनाल
स्वास्थ्य उपचारका लागि दिल्लीको एपोलो अस्पताल भर्ना गरिएको छ।
भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्यले ट्वीटरमार्फत् यस कुराका पुष्टि गरेका छन्।
उनले ट्वीटरमा पूर्वप्रधानमन्त्री खनालसँग अस्पतालमा भेट्दाको तस्बिर पनि पोस्ट गरेका छन्।
उनी आफ्नी श्रीमतीसहित दिल्ली पुगेका हुन्।

