अमेरिकामा एकसाथ सय बढी सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ ३०, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

अमेरिकाको टेक्सास राज्यमा एक सयभन्दा बढी सवारी साधन आपसमा ठोक्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । बरफ जमेर सडक चिप्लो भएका कारणले दुर्घटना भएको हुन सक्ने जनाइएको छ ।

स्थानीय समयअनुसार बिहान ६ बजेतिर भएको दुर्घटनाका कारण दर्जनौं मानिसहरू आफ्नो सवारीभित्रै थुनिएका थिए । दुर्घटनामा घाइते भएका ३६ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको न्यूयोर्क टाइम्सले जनाएको छ। त्यहाँको फायर डिपार्टमेन्टका अनुसार दुर्घटनामा १८ चक्के र कारहरू परेका हुन्। स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका भिडिओमा एउटा गाडीमाथि अर्को गाडीको चाङ लागेको देखिएको छ ।

खप्टिएका सवारी निकाल्न ट्रकको प्रयोग गरिएको र हरेक सवारीमा ड्राइभर र यात्रु छन् कि भनेर खोजी भइरहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..