चीनमा बीबीसीको प्रसारणमा प्रतिबन्ध

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ ३०, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

चीनमा बीबीसीको प्रसारणमा प्रतिबन्ध लागेको छ। चिनियाँ सरकारले बीबीसीको प्रसारणमा प्रतिबन्ध लगाएसँगै त्यहाँ बीबीसी बन्द भएको हो।

बिहीबार चिनियाँ टेलिभिजन तथा रेडियो सम्बन्धी नियामक निकायले बीबीसीको प्रसारणमा प्रतिबन्ध लगाएको जनाएको छ । बीबीसीले प्रसारण गरेको सामग्रीले चीनमा जातीय खलल पुर्‍याएको भन्दै चीनले प्रसारणमा रोक लगाएको हो ।

कोरोनाभाइरस महामारी र आदिवासी उइगर अल्पसङ्ख्यकका बारे बीबीसीले चीन सरकारको आलोचना गर्दै सामग्री प्रसारण गरेको थियो।

बीबीसीले चिनियाँ सरकारको निर्णयबाट “निराश” भएको प्रतिक्रिया दिएको छ।

सञ्चारमाध्यमसम्बन्धी ब्रिटिश नियामक निकाय अफकमले यूकेमा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को प्रसारण अनुमति खारेज गरेपछि चीनले पछिल्लो कदम चालेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..