पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति यातायात व्यवसायी महासंघको आपत्ति

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २९, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति विरोध जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी महासंघले सरकारले बढाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यको विरोध गरेको हो ।

कोभिड–१९ का कारण प्रभावित यातायात क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले थप आघात पु¥याउने भन्दै व्यवसायीहरुले तत्काल मूल्य वृद्धि फिर्ता लिन समेत आग्रह गरेका छन् ।

कोभिडको समस्यामा परेका व्यवसायीहरुले कुनै राहत नपाएको, सवारी कर, बैंकिङ्ग ब्याज तथा किस्तमा कुनै सुविधा नपाएको, बीमाको छुट नपाएको र बजारमा सवारी साधनको पार्टस् मेन्टेनेन्सको लागत समेत बढेको बेला सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरि व्यवसायीहरुको ढाड सेक्ने काम गरेको महासंघको आरोप छ ।

पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको तर सवारी भाडा भने लामो समयदेखि यथावत रहेको भन्दै महासंघले तत्काल मूल्य वृद्धि फिर्ता लिन आग्रह समेत गरेको छ।
अन्यथा महासंघको अर्को बैठक बसी मूल्य वृद्धिको विरुद्ध कठोर कदम चाल्ने चेतावनी समेत महासंघले दिएको छ ।

गत बुधबार राती १२ बजेदखि लागुहुने गरि नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान २÷२ रुपैयाँका दरले र खाना पकाउने एलपी ग्यासमा २५ रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..