म्यानमारका सैनिक नेताहरुमाथि अमेरिकाको प्रतिबन्ध

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २९, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ : म्यानमारमा सत्ता हातमा लिएको सेनामाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारमा कू गर्ने सैनिक नेताहरुमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

उनले हस्ताक्षर गरेको आदेश एक हप्ताभित्र कार्यान्वयन हुनेछ । अमेरिकी प्रतिबन्ध सैनिक नेता, उनीहरुका परिवार र सेनासँग सम्बद्ध व्यापार व्यवसायमा लागु हुनेछ । म्यानमारमा सेनाको कू विरुद्ध आन्दोलन चर्किएसँगै अमेरिकाले प्रतिबन्धको घोषणा गरेको हो ।

यसअघि अमेरिकी राष्ट्रपति बाइडनले पक्राउ परेका नेतालाई रिहा नगरे कडा कदम चाल्ने बताएका थिए । म्यानमारमा सैनिक कू विरुद्ध प्रदर्शन चर्किएपनि सेना पछाडी हट्नुको साटो दमनतर्फ अघि बढेको छ । बुधबार मात्रै प्रदर्शनकारीमाथि प्रहरीले रबरका गोली, पानीको फोहरा हानेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..