बेलायतमा एकै दिनमा एक हजार बढी संक्रमितको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २८, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

एजेन्सी । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा केहि दिनयता लगातार ओरालो लाग्दै गएको भए पनि मंगलबार ह्वात्तै बढेको छ । अघिल्लो दिन ३३३ जनाको मृत्यु भएकोमा मंगलबार मृतक संख्या बढेर १०५२ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी दिएको छ । पछिल्लो एकसातामा पाँच हजार ८३७ जना संक्रमितको मृत्यु भएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामाभित्र थप १२ हजार ३६४ जना नयां संक्रमित थपिएका छन् । नयां थपिएका संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ७२ हजार १४८ पुगेको छ । संक्रमित संख्या भने अघिल्लो दिनको तुलनमा कमी आएको हो ।

बेलायतमा कोरोना संक्रमण दर पछिल्लो समयमा केहि कम भएको तथ्याँकले देखाएको छ ।

हालसम्मको तथ्याङ्क अनुसार बेलायतका अस्पतालमा २६ हजार ७३२ जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार २३० जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् । गत महिना बेलायतको अस्पतालमा भर्ना हुनेको संख्या  ४० हजारको हाराहारीमा पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..