प्रधानमन्त्री ओलीका वकिल बढी बोलेपछि रिसाए प्रधानन्यायाधीश जबरा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २६, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा प्रधानमन्त्री केपी शर्माका वकिल बढी बोलेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा रिसाएका छन् ।

आइतवार नै प्रधानन्यायाधीश जबराले १ जनालाई १५ मिनेटको समय मात्रै दिन सकिने गरी समय निर्धारण गरेका थिए । तर सोमवार शुरूमै बहस गरेका प्रधानमन्त्री ओलीको पक्षका अधिवक्ता ईश्वरी भट्टराईले बढी समय लिएपछि जबरा रिसाएका हुन् ।

अधिवक्ता भट्टराई नरोकिएपछि प्रधानन्यायाधीश जबराले भने, ‘१५ मिनेट भनेको धेरै बोल्नुभयो, तपाईंको समय धेरै गइसक्यो । अब बहस नगर्नुहोस्, छाडिदिनुहोस् !’

जबराले अगाडि भने, ‘हाम्रो बाध्यतालाई हेर्नुहुन्न तपाईंहरू । तपाईंहरू भनेकै मान्नुहुन्न !’

प्रतिनिधिसभा विघटनको विषयले सर्वाेच्चमा धेरै दिन खर्चिएपछि बेन्चले बहसको समय घटाउन कोसिस गर्दै आइरहेको छ । तर अधिवक्ताहरूले धेरै समय बहस गर्दा बहस लम्बिँदै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..