रोनाल्डोको सिजनको २३ औँ गोलमा युभे विजयी

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २५, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

क्रिस्टियानो रोनाल्डोको सिजनको २३ औँ गोलको मद्दतमा युभेन्टसले एएस रोमालाई हराउँदै इटालियन सिरिए एको तेस्रो स्थानमा उक्लिएको छ ।

रोनाल्डोले तीन खेलमा गोलको खडेरी अन्त्यत गर्दै खेलको १३ औँ मिनेटमा युभेन्टसलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा रोजर इबानेजले आत्मघाती गोल गरेपछि युभेन्टस २–० गोलले विजयी बन्यो ।

जीतसँगै साबिक विजेता युभेन्टस रोमालाई उछिन्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ भने शीर्ष स्थानमा रहेको इन्टर मिलानसँग ५ अंकले पछि रहेको छ । यद्यपि, युभेले एक खेल कम खेलेको छ ।

आन्द्रे पिर्लोको टोलीका लागि सबै प्रतियोगितामा यो लगातार छैटौँ जीत हो ।

हालै ३६ वर्ष पुगेका रोनाल्डोले आफ्नो गोल गर्ने फर्मलाई जारी राखेका छन् । लिगको सर्वाधिक गोलकर्ताको सूचीमा उनी इन्टर मिलानका रोमेलु लुकाकुभन्दा अघि १७ खेलबाट १६ गोल गर्दै शीर्ष स्थानमा छन् ।

अन्य खेलमा नापोली भने जेनोआसँग १–२ गोलअन्तरले पराजित भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..