कीर्गिस्तानमा ४१ वर्षे तन्नेरी बने प्रधानमन्त्री

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ २२, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । कीर्गिस्तानमा ४१ वर्षे तन्नेरी प्रधानमन्त्री बनेका छन् । त्यहाँको संसदले उलुक्बेक मरिपोभलाई नयाँ प्रधानमन्त्रीमा चयन गरेको हो ।

नवनिर्वाचित प्रधानमन्त्री मरिपोभ यसअघि एकाउन्टिङ चेम्बरको अध्यक्ष थिए ।

गत जनवरी २१ मा तत्कालीन प्रधानमन्त्री साडिर जापारोभले राजीनामा दिएपछि मरिपोभले अवसर पाएका हुन् ।

जापारोभ राष्ट्रपतिको निर्वाचनमा विजयी भएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका हुन् ।  मारिपोभ कीर्गिस्तानको ३३ औं प्रधानमन्त्री भएका छन् । कीर्गिस्तानले आगामी अगष्ट ३१ मा तीसौं स्वतन्त्रता दिवस मनाउँदै छ ।

उक्त संसद् बैठकमा बोल्दै मरिपोभले नयाँ संरचना र कार्यक्रमहरुले सामाजिक तथा आर्थिक समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।

नयाँ संरचनाअनुसार त्यहाँ मन्त्रिपरिषद्को संख्या पनि घटाइएको छ । एकजना उपप्रधानमन्त्रीसहित १६ जना मन्त्री रहने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..