मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १९, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र चाइना थ्री गोर्जेस विश्वविद्यालय चीनबीच शैक्षिक सहकार्यका लागि सम्झौता भएको छ । मध्यपश्चिमाञ्चल

विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र चाइना थ्री गोर्जेस विश्वविद्यालयका तर्फबाट प्रिजिडेन्ट प्रा. ही वेइजुनले

सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न तथा दुई विश्वविद्यालयबीच आपसी समझदारी र शैक्षिक सहकार्य स्थापना गर्नु यस सम्झौताको मुख्य उदेश्य

रहेको सम्झौता पत्रमा उल्लेख गरिएको छ । सम्झौता पश्चात दुई विश्वविद्यालयबीच विशेष गरी प्राध्यापक, शोधकर्ता, प्रशासनिक कर्मचारी तथा

विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरु आदानप्रदान हुनेछन् ।दुइटै विश्वविद्यालयले सामूहिक रुपमा अनुसन्धानसँग सम्बन्धित परियोजनाहरु

अगाडि बढाउन सकिने सम्झौतामा उल्लेख गरिएको छ । त्यसै गरी विभिन्न लेक्चर तथा गोष्ठीहरु आयोजना गरिनेछन् भने एक आपसमा विभिन्न

शैक्षिक जानकारी तथा समाग्रीहरु आदानप्रदान हुनेछन् ।

यस सम्झौताको मर्म पूरा गर्न तथा दुवै देशको कानुन र सम्झौता परिधिमा रही विश्वविद्यालय अन्तर्गतका संकाय, स्कुल वा संस्थाहरुले एक

आपसमा समझदारी गरी विभिन्न परियोजनाहरु संचालन गर्न सक्नेछन् । दुई विश्वविद्यालयबीच भएको यस सम्झौताको अवधि सम्झौता

मितिदेखि पाँच वर्षको रहनेछ भने त्यस पश्चात स्वतः नवीकरण हुनेछ । साथै आपसी समझदारी र छलफल पश्चात लिखित रुपमा सम्झौता

संशोधन गर्न सकिने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ ।

चाइना थ्री गोर्जेस विश्वविद्यालय हाइड्रोइलेक्ट्रिक इञ्जिनियरिङ्ग र इलेक्ट्रिकल इञ्जिनियरिङ्ग विषयका लागि प्रख्यात छ भने स्वास्थ्य, संचार तथा

कम्प्युटर प्रविधि, स्पोर्ट्स, अर्थशास्त्र, व्यवस्थापन लगायतका विषयहरु पढाइ हुने चीनकै एक अग्रणी तथा प्रख्यात विश्वविद्यालय हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..