महिला लिगमा दुई खेल: अपराजित एपीएफलाई जितविहीन चौदण्डीको चुनौती

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १९, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं: राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले विराटनगर महानगरपालिकासँग खेल्नेछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा दुबै टोली दोस्रो स्थानमा उक्लने लक्ष्यका साथ मैदान उत्रने छन्। खेल मध्यान्ह ११ बजे सुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा शीर्ष स्थानमा रहेको एपीएफले तालिकाको पुछारमा रहेको चौदण्डीगढी नगरपालिकासँग भिड्नेछ। एन्फा कम्पेक्समै दिउँसो साढे २ बजे सुरुहुने खेलमा एपीएफ आफ्नो छैटौं जितको खोजिमा रहनेछ। जारी प्रतियोगितामा एपीएफ अपराजित एकमात्र टोली हो त्यस्तै चौदण्डीगढी जितविहिन एकमात्र टोली हो।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..