सिंगटी हाइड्रो इनर्जीको आइपिओ भर्ने म्याद लम्बियो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १८, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । सिंगटी हाइड्रो इनर्र्जी लिमिटेडको आइपीओ भर्ने म्याद थप भएको छ । सिंगटीको आइपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाले अव फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन्  । यसअघि कम्पनीले छिटोमा माघ ४ गतेदेखि आइतबार माघ १८ गते सम्म आइपीओ भर्ने समय तोकेको थियो । मागअनुसार आवेदन नपरेपछि आइपीओ भर्ने म्याद फागुन ३ गतेसम्म थपिएको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरले कुल १४ लाख ५० हजार कित्ता आइपीओ स्थानीय बासिन्दालाई बिक्री खुला गरेको छ । यसमा दोलखा जिल्लाका अति प्रभावित क्षेत्र बिगु र कालिञ्चोक गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन । न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइन्छ । यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम जोखिम भएको केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ । बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट्सले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..