चन्द्रपुर र पुलिस भिड्दै : राष्ट्रिय महिला लिग

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १८, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं : ललितपुरमा जारी राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ। आज चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो। यी दुईबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा ४ खेल खेलेको पुलिस क्लबले १ खेलमा जीत तथा एक खेलमा हार ब्यहोरेको छ भने दुई खेल बराबरी खेलेको छ। पुलिस ५ अंकका साथ चौथो स्थानमा रहेको छ।

समान खेल खेलेको अर्को टिम चन्द्रपुरले १ खेलमा जीत निकाल्दा ३ खेलमा हार ब्यहोरेको छ। उसको तालिकामा ३ अंक रहेको छ। यसअघि हिजो भएका खेलमा साविक विजेता एपीएफले स्याङ्जाको वालिङ नगरपालिकालाई ३–० ले पराजित गर्दा विराटनगरले चौदण्डीगढीलाई ६–० ले पराजित गरेको थियो। ५ खेलबाट १५ अंक जोडेको एपीएफ शिर्ष स्थानमा रहेको छ भने वालिङ ५ अंकका साथ पाँचौ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..