अवैध लागूऔषध सहित पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १७, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं,२०७७ माघ १७ गते
कास्की, पोखरा महानगरपालिका-३० गगनगौडाबाट नियन्त्रित लागूऔषध ३७ एम्पुल डाईजेपाम, ३७ एम्पुल फेनारगन र ३७ एम्पुल नुर्फिन सहित २ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने धादिङ घर भएका २९ वर्षीय दिपक थापा र पोखरा महानगरपालिका-२१ स्थायी वतन भएका २७ वर्षीय सन्तोष सुबेदी रहेका छन् । ग.१७ प ५५८४ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध, नगद ९ हजार ३ सय १० रुपैयाँ र २ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ एकतानगर टोलबाट करिब ३ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नियन्त्रित लागूऔषध नाईट्रोभेट १७ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु बाँके खजुरा गाउँपालिका-८ बस्ने २८ वर्षीय सब्बिर खाँ र सोही ठाउँ बस्ने २८ वर्षीय सदाम खाँ रहेका छन् । उनीहरुले लागूऔषध बेचबिखन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुको कोठा तलासी गर्दा कोठामा लुकाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

पर्सा, कालिकामाई गाँउपालिका-३ हरिहरपुर बस्ने ३० वर्षीय प्रेम हजारालाई करिब ४ सय ग्राम अवैध लागूऔषध चरेश र १ केजी १ सय ग्राम गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ बस्ने २५ वर्षीय साजत थिङलाई नियन्त्रित लागूऔषध १ सय ५२ एम्पुल नुर्फिन, १ सय ५२ एम्पुल फेनारगन, १ सय ५२ एम्पुल डाईजेपाम, नाईट्रोभेट ३० ट्याब्लेट र एकसय एमएलको WINGS BIOTECH १ सय बोतल सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ना.२५ प ४२१६ नम्बरको स्कुटरलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ सिद्धटोलबाट लागूऔषध १ ग्राम ८८ मिलिग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित भिमदत्त नगरपालिका-१८ कञ्चनपुर बस्ने २२ वर्षीय बिवस बिष्ट समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ५ सय ७६ ट्याब्लेट सहित ललितपुर महानगरपालिका-३ बस्ने २३ वर्षीय सुदेश खत्रीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । निजगढबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३४ प७२२५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक खत्रीलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..