थप १०९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १७, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

अनुसार पछिल्लो समय ३ हजार ६१८ जनाको स्वास्थ्य परीक्षण गर्दा ४३ महिला र ६६ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार ८५४ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ३५० निको भएका

छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६६ हजार ४८ पुगेको छ ।

अहिले देशभर २ हजार ७७९ सक्रिय सङ्क्रमित छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार २७ पुगेको छ भने पछिल्लो २४

घण्टामा थप २ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..