प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको फाइनल,टस जितेर सशस्त्र प्रहरी बलले फिल्डिङ रोज्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १७, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ– प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको फाइनलमा टस जितेर सशस्त्र प्रहरी बलको एपीएफ क्लबले फिल्डिङ रोजेको छ ।

कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा भइरहेको खेलमा अर्को विभागीय क्बल त्रिभुवन आर्मी क्लबविरुद्ध टस जितेर एपीएफले फिल्डिङ रोजेको हो ।

टस हारेको आर्मी ब्याटिङ गर्दैछ । प्रतियोगिताको फाइनलमा आर्मीविरुद्ध एपीएफले एक खेलाडी परिवर्तन गरेको छ । सेमिफाइनलमा

खेलेका सूर्य तामाङलाई आज एपीएफले किशोर महतोलाई स्थान दिएको छ ।

दुवै विभागीय टोली एकअर्काविरुद्ध जित हात पार्दै उपाधि जित्ने योजनामा छन् । आर्मी चौथो पटक फाइनल खेल्दैछ । पहिलो संस्करणको प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबसँग उपाधि बाडेको आर्मी यसपटक एक्लै उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।

प्रधानमन्त्री कपको विजेता टोलीले १० लाख पाउनेछ भने उपविजेता टोलीले ५ लाख पाउनेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार पाउनेछन् भने उत्कृष्ट बलर – व्याट्सम्यानले समान २५ हजार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..