एकैपटक दुई नियम तोडे रोनाल्डोले , प्रहरीले थाल्यो अनुसन्धान

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १७, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

एजेन्सी – इटालियन सरकारले कसैलाई पनि बाहिर घुम्न वा बिदा मनाउन अनुमति दिएको छैन ।

गत वर्ष इटालीमा कोरोना भाइरस महामारीका रूपमा फैलिएको थियो । इटाली सरकारले २०२१ मा कोरोना नियन्त्रण गर्ने उद्देश्यले नै स्वदेशी तथा विदेशीलाई सिमाना, एक सहरबाट अर्के सहरमा मनोरञ्जन वा बिदा मनाउने अनुमति दिएको छैन ।

तर युभेन्ट्सका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यो प्रोटोकल तोडेका छन् । प्रहरीले रोनाल्डोमाथि अनुसन्धान प्रक्रिया सुरु गरेको इटालीबाट प्रकाशित हुने कोरिएरे डेलो स्पोर्टस् पत्रिकाले उल्लेख गरेको छ ।

रोनाल्डो केही दिनअघि आफ्नी प्रेमिका जर्जिना रोड्रिग्वेजको जन्मदिन मनाउन टुरिनभन्दा ९३ माइल टाढा लक्जरी रिसोर्टमा पुगेका थिए । प्रेमिका जर्जिनाको २७औँ जन्मोत्सव भव्य रूपमा मनाउन रोनाल्डो सपरिवार इटालीकै अति नै महँगो भाले डी आओस्टा स्की रिसोर्टमा पुगेको डेलो स्पोर्टस्ले उल्लेख गरेको छ ।

युभेन्ट्सले खेल समाप्तिको दुई दिनसम्म आफ्ना खेलाडीलाई होटेलबाट बाहिर ननिस्कन निर्देशन दिएको अवस्था छ ।

रोनाल्डोले एकैपटक दुई नियम तोडेका कारण नै प्रहरीद्वारा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । क्लबको नियमअनुसार दुई दिनको आराम गर्न दिइएको समयमै रोनाल्डो भाले डी आओस्टा रिसोर्टमा पुगेका हुन् ।

पत्रिकाका अनुसार रोनाल्डोको परिवार दुई दिन होटेलमा बसेका थिए ।
सामाजिक सञ्जालमा रोनाल्डो र उनकी प्रेमिकाबीचको फोटो सेयर भएपछि मात्र नियम तोडिएको थाहा पाइएको हो ।

त्यसपछि मात्र रोनाल्डोमाथि अनुसन्धान अघि बढाइएको बताइएका छ । वेएन स्पोर्टस् पत्रिकाले रोनाल्डो कारबाहीमा परे कम्तीमा उनले नियमअनुसार चार सय पाउन्ड जरिवाना तिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..